१७ कार्तिक २०८३, मंगलबार

बार अध्यक्ष घिमिरेले दिएको विवादित अभिव्यक्तिको श्रव्यदृश्य सामग्री झिकाउन सर्वोच्चको आदेश

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले श्रव्यदृष्य सामग्री झिकाउन आदेश दिएको छ ।

आज न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले घिमिरेले दिएको अभिव्यक्तिको श्रव्यदृष्य सामग्री उपलब्ध गराउन आदेश दिएको हो ।

सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा रिट दायर गरेका थिए ।