३२ असार २०८३, बिहिबार

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधनमाथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए ।

उनले भने,‘मूलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’

त्यस्तै उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहिँ पुग्न नसकिने धारणा राखे ।
उनले भने,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने चाँही संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाँही कहिँ पुग्दैनौं जस्तो मलाई लाग्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती निर्माण गर्नुपर्ने धारणा राखे । देशभरी कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीतदलहरुको प्रभुत्तको कारणले संघीयता विकास हुननसकेको उनको भनाई छ ।

उनले भने,‘स्थानीय तहलाई यही रुपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती हुनुपर्छ । त्यो भयो भने मानिस अलिकति भएपनि केही हदमा स्वतन्त्र हुन्छ । देशभरी कांग्रेस एमाले माओवादी र मेधेस केन्द्रीत दलहरुको प्रभुत्तको कारणले संघीयता स्वाभाविक रुपमा विकास हुन नसकेको हो ।’

त्यस्तै उनले अहिले कारोबारी राजनीति भइरहेको भन्दै यसबाट ननिस्कँदा सम्म संविधान संशोधन गर्न नसकिने बताए । कारोबारी मानसिकतामा संविधान संशोधनमा हात हालेका संविधानमा आगो लाग्ने उनको भनाइ छ ।