
काठमाडौं, २२ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भोलिसम्म लम्बिने भएको छ ।
हिजोदेखि सुरु भएको बैठक आज सकिने भनिएको भए पनि भोलिसम्म लम्बिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उठेका प्रश्नको जवाफ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुने र अहिलेको समसामयिक परिस्थितिका बारेमा केही महत्वपूर्ण प्रस्तावहरु पास गर्दै बैठक समापन गर्ने उनले बताए ।
हिजो सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरण, पार्टीको भूगोलको अवस्था, कार्यकर्ताको चाहना र नेतृत्वको कार्यशैलीका बारेमा धारणा राखेका हुन् । अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलिसकेका गौतमले बताए ।









प्रतिक्रिया