३१ जेष्ठ २०८३, आइतबार

सिबिफिनको अध्यक्षमा पौडेल निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न सिबिफिनको पाँचौँ वार्षिक साधारणसभाले नबिल बैंकका अध्यक्ष पौडेलको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल, कोषाध्यक्षमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी निर्वाचित भएका छन् ।

यस्तै, कार्यकारी सदस्यहरुमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जन निर्वाचित भएका छन् ।