५ श्रावण २०८३, मंगलबार

मापसे चेक गरेको भन्दै वडाध्यक्षकै नेतृत्वमा प्रदर्शन, प्रहरीले चलायो गोली

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २१ पुस । सर्लाहीमा प्रहरीले मापसे जाँच गरेको भन्दै वडाध्यक्षकै नेतृत्वमा प्रदर्शन भएको छ ।

रामनगर वडा नम्बर ५ बैजनाथमा मापसे गरेका स्थानीय र प्रहरीबीच झडप हुँदा वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा प्रहरीविरूद्व प्रदर्शन भएको हो ।

प्रदर्शन उग्र बनेपछि प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए ।

वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । झडपमा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् ।