२८ असार २०८३, आइतबार

नेपाल एसबीआई बैंकको साधारणसभा आज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा आज बस्दैछ । बैंकले सभामा १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ ।

बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।