५ असार २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार देशभरी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरु तथा समाचारहरु प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरुलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मानित गरेको छ । यो पुरस्कार प्राप्त गर्ने पत्रकारहरु सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं), र माधव प्रसाद अर्याल (पाल्पा) लाई क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

दुवै प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरे भने सञ्चालक उमेशकुमार आचार्यले स्वागत मन्तव्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र धन्यवाद मन्तव्य सञ्चालक नारायणकुमार श्रेष्ठले राखेका थिए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालकहरु, शेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।