
काठमाडौं, १९ पुस । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लिला पछाईंका कानुन व्यवसायीहरूले आफ्नो तर्क पेस गरेका छन् ।
बहसमा सहभागी हुँदै छविलाल जोशीका कानुन व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए ।
‘उहाँले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा आएको छ । तर शेयर हाल्दा पैसा पनि दिइएको छैन, छोडेपछि पैसा पनि लिइएको छैन,’ उनले भने, ‘नेचर हब्समा २७ दिनमा छोड्नुभएको छ । गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ । सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ ।’ अर्का अधिवक्ता अपूर्व खतिवडाले सहकारीसँग जोशीको कुनै साइनो नभएको बताए ।
‘छविलाल सहकारीको सञ्चालक पनि छैनन् । शेयर सदस्य पनि होइनन् । सहकारीसँग कुनै साइनो छैन,’ उनले भने, ‘सहकारीबाट कुनै ऋण लिएका पनि छैनन् । जुन रकम गोर्खा मिडिया र नेचर हब्समा गएको छ, गोर्खा मिडिया र नेचर हब्सलाई अभियोगमा प्रतिवादी बनाइएको छैन ।’ उनीहरुले पूरक अभियोगमा हदम्याद हुनुपर्ने बताए । ‘२०८० असोज १८ गते मूल अभियोगपत्र दायर भयो । लामो समयपछि पूरक अभियोगपत्र दायर भएको छ । हदम्याद किन राखिएन रु’ बहसका क्रममा उनीहरुले भने ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया