७ असार २०८३, आइतबार

सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।