१९ असार २०८३, शुक्रबार

सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिग मार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना एक वर्षसम्म लागु हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।