२१ जेष्ठ २०८३, बिहिबार

राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १८ पुस । रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न ९० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना भएको हो ।

महायज्ञबाट सङ्कलन भएको एक करोड १० लाख रुपैयाँमध्ये १८ लाख ५० हजार रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।

म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि ६२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको हो ।