
काठमाडौं, १७ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वलिकतर्फको बयान सकिएको छ । अब भोलिदेखि जाहेरवालतर्फका वकिलहरूले बहस गर्नेछन् । जाहेरवालको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् ।
सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् ।
न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो । प्रतिवादीतर्फका वकिलको वहस सकिएपछि उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने जवाफी बहस गर्नेछन् ।
जवाफी बहसपछि प्रतिवादीहरूलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया