२३ जेष्ठ २०८३, शनिबार

दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सकिने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् । सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको कम्पनीले जनाएको छ ।

दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचरहरु छन् जसले दिपल इभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाइदिएको छ । यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । दिपलको डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल इभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी बिक्री भइसकेको छ ।