१३ असार २०८३, शनिबार

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात पश्चात एभरेष्ट बैंकमार्फत प्राप्त हुुने भुक्तानी रकम बैंक खातामा ट्रान्सफर अझै छिटो, छरितो र भरपर्दो बन्ने विश्वास रहेको छ ।