
काठमाडौं, १७ पुस । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।
चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रुपैयाँको १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मंसिसर ३० गतेसम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार (५०० रुपैयाँको वालेट टपअप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।









प्रतिक्रिया