१२ असार २०८३, शुक्रबार

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । अंग्रेजी नयांँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न स्वचालित काउन्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

यस काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न कियोस्क मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमासमेत विस्तार गरिने बैंकले जनाएको छ ।