२० असार २०८३, शनिबार

मुकुल ढकाललाई महामन्त्रीमै फर्काउन माग गर्दै दुईजना प्रदेश सभापतिले लेखे पत्र

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीमा पुरानै पदमा फिर्ता ल्याउन माग गर्दै दुईजना प्रदेश सभापतिले पत्र लेखेका छन् ।

कोशी प्रदेश सभापतिसमेत रहेका केन्द्रीय सदस्य राजेश तिम्सिना र मधेस प्रदेश सभापतिसमेत रहेका केन्द्रीय सदस्य तपेश्वर यादवले ढकाललाई पार्टीमा पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका हुन् ।

पार्टी कमजोर बन्दै गएको भन्दै सभापतिद्वयले ढकाललाई पार्टीमा फिर्ता बोलाएर एकताबद्व भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ। पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दु:खद छ,’ मधेस सभापति यादवले लेखेको पत्रमा उल्लेख छ, ‘मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्न पर्छ र त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन्।’