१५ असार २०८३, सोमबार

बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १७ पुस । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

रौतहटको बडहर्वाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमाकार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौंका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । फिल्ड गस्तीबाट क्याम्पतर्फ फर्किदै गरेको अवस्थामा बेलुका करिब ८ बजे बेस क्याम्प अगाडी नै बसले ठक्कर दिएको उनले बताए ।

ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर १ का २२ वर्षीय बिकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षिय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

काठमाडौं महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।