३ श्रावण २०८३, आइतबार

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र  नवलपरासीपूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो । गणशबहादुरलाई सोमबार सिनामंगल र शान्तिलाई बानियाटारबाट मंगलबार पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट १७ लाख ५० हजार रुपैयाँ ठगेको आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।