१७ असार २०८३, बुधबार

टेलिकमद्वारा भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर परिमार्जन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ ।

टेलिकमका अनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राति १२ बजेदेखि लागू भएको एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ ।

यसका साथै, एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको टेलिकमले जनाएको छ ।