५ असार २०८३, शुक्रबार

इटहरी उपमहानगरपालिका अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १६ पुस । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शंकास्पद वस्तु कुकर भएको पुष्टि भएको छ । प्रहरीका अनुसार कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा फेला परेको थियो ।

मंगलबार बिहानै स्थानीय बासिन्दाले सडक छेउमा कालो झोलाभित्र शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तुका कारण केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।