९ असार २०८३, मंगलबार

रूपक र अनिशको स्वर रहेको गीत ‘तिमी छौँ र पो म छु’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौँ र पो म छु’ सार्वजनिक गरिएको छ ।

शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।

गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन् । भिडियोमा मोडल निशु पौडेलको अभिनय छ । पौडेलको अलवा भिडियोमा गायकद्वय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ ।

यूकेका रमणीय स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोका छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् ।

लण्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन् ।

गायक पाण्डेले यसअघि अञ्जु पन्तलगायत विभिन्न चर्चित गायक गायिकासँगको सहकार्यमा ‘सुस्टारी’लगायत थुप्रै गीत ल्याइसकेका छन् ।