
काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै अर्काको काँधमा बसेर धक्कु लगाउने दिन गएको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीले आइतबार सखुवा प्रसौँनीमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर सरकार बनाएसँगै यस्तो धक्कु लगाउने दिन पनि गएको बताए।
‘एउटाको काँधबाट अर्काकाको काँधमा उफ्रिने, अर्काको काँधबाट फेरि अर्काको काँधमा उफ्रिने,’ उनको भनाइ छ, ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरी तन्त्र चलाउँदै गर्ने, अब तिनका दिन गए। त्यो दिन जानुपर्छ भनेर नै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर अहिलेको संयुक्त सरकार बनाएको हो।’
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया