२३ असार २०८३, मंगलबार

यामाहा नेपालद्वारा ७.९९ प्रतिशतको ब्याजदरमा ‘ड्रिम इट, वान इट’ वित्तीय योजना सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वान इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ । यो सीमित अवधिको योजना १० पुसदेखि सुरु भएको कम्पनीले जनाएको छ ।

‘ड्रिम इट, वान इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरूसहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ईएमआई योजना रोज्ने सुविधा प्रदान गर्दछ ।

यस योजनासँगै यामाहा नेपालले ‘टेष्ट राइड एण्ड वीन’ अभियान पनि ल्याएको छ । यस अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्रमार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘‘ड्रिम इट, वान इट’ वित्तीय योजनामार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ ।’

यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्दछ । यामाहा नेपाल एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो, जसले नेपाली बजारमा उच्च गुणस्तर, भरपर्दो र स्टाइलिस दुई पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । दशकौँदेखि स्थापित यामाहा विश्वभर मोटरसाइकल उद्योगमा अग्रस्थानमा रहेको छ ।

प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले पहिलो पटक एफआई मोटरसाइकल र स्कुटर नेपालमा प्रस्तुत गरेको हो र हाल यामाहा १०० भन्दा बढी एफआई स्टेसनहरू भएको एक मात्र कम्पनी हो । यामाहा नेपाल देशको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो जसको १०० भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन् ।