२६ असार २०८३, शुक्रबार

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँ क्यासब्याक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर आजदेखि पुस १८ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकटमा लागु हुनेछ । प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।