१ कार्तिक २०८३, आइतबार

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्समार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गर्‍यो । यो तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो । सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गर्‍यो ।

कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरालगायतका क्षेत्रका यामाहा ब्लू स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो । अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यहरू मार्फत् यामाहा राइड-आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको थियो ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने, ‘नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो । हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम संचालन गरिएको हो । उहाँहरूले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ । हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौँ जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ ।’ यो प्रशिक्षण सत्रमार्फत् ब्लू स्ट्रिक्स कार्यक्रमका लागि यामाहाको फराकिलो दृष्टिकोण पनि प्रतिबिम्बित भएको छ जुन नेतृत्व निर्माण र आफ्ना सवारहरूमा समुदायको बलियो भावनालाई प्रवर्द्धन गर्न समर्पित छ । रोड मार्शल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको छ ।

ब्लू स्ट्रीक्स यामाहा नेपालअन्तर्गतको एक राइडर कम्युनिटी पहल हो जसको उद्देश्य यामाहा मालिकहरूबीच सार्थक सम्बन्ध सिर्जना गर्ने हो । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिन्छ ।