३१ असार २०८३, बुधबार

नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा नयाँ नेतृत्व

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा)ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार अग्रवाल, उपाध्यक्षमा अशोकमान कपाली, महासचिवमा हरिप्रसाद ढकाल, कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ, सचिवमा सुजनकुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् ।

त्यसैगरी, कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिषमान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगाबहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनलको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र दुई जना सदस्य अध्यक्षद्घारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ ।

त्यसैगरी, संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत गरिएको छ एवं निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहेको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका नवनिर्वाचित अध्यक्ष राजेन्द्र संग्रौलाले आफ्नो नेतृत्वमा फ्रेट फरवार्डस व्यवसायीहरुको साझा संस्था नेपाल फ्रेट फरवार्डस एशोसिएसनलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताए । आगामी दिनहरुमा सरकार तथा सम्बन्धीत निकायहरुसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउँदै अगाडि बढ्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने पनि उनको भनाई छ ।