
काठमाडौं, ११ पुस । प्रतिनिधिसभा संसद अमरेशकुमार सिंहले एनसेलविरूद्व दायर गरेको रिट खारेज भएको छ ।
कम्पनीको खरिदबिक्री रोक्न माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो ।
इजलासले केही निर्देशनात्मक आदेश पनि दिएको छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया