२७ असार २०८३, शनिबार

नयाँ ईभी ई-क्युट ०४ ग्राहकलाई हस्तान्तरण, यस्ता छन् सुविधा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाल जीओ अटोमोबाइल प्रा.लि र नेपालमा केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ई–क्युट ०४ ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको हो ।

विहीबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्तान्तरण गरेका हुन् । दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।

अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई–क्युट ०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ । नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।
जसलाई एकपटक फुलचार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।

कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।

सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायतथुप्रै फिचर दिइएको छ । यसको सुरुवाती मूल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

केई गाडी चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय छ । यो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटो, दुबै ईन्धनबाट चल्ने र विद्युतीय सवारी साधनहरू उत्पादन गर्न समर्पित छ । यसको पहुँचपूर्वी युरोप, मध्यपूर्व लगायत देशहरूमा निर्यात गर्दै अफ्रिका एवम् दक्षिणपूर्वी एशियासम्म पुगेको छ ।

विहीबार वितरण गरिएका गाडी सहरी यात्रु र पर्यावरण–सचेत चालकहरूको लागि डिजाइन गरिएको कम्प्याक्ट तर शक्तिशाली विद्युतीय सवारी हो । यसको उन्नत प्रविधि, व्यावहारिक सुविधाहरू र किफायतीताले आधुनिक गतिशीलताको लागि उत्तम विकल्प मानिएको छ ।