२२ असार २०८३, सोमबार

नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । गृहमन्त्री रमेश लेखकले नेपालविपद् जोखिमको पनिउच्च जोखिममा रहेको बताएका छन् ।

बिहीबार विपद् जोखिम न्यूनीकरण सम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनगर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्चविपद् जोखिममा रहेको बताएका हुन् ।

उनले भने, ‘हामी विपद् जोखिमको पनिउच्च जोखिममा छौं । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ । कतिपय प्राकृतिक जोखिमहरु छन् । कतिपय मान्छेले बनाएको जोखिमहरु छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’

साथै उनले विपद् जोखिम न्यूनीकरण सबै मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताएका हुन् ।