२६ असार २०८३, शुक्रबार

रश्मिलाज फेसियल हाउसको १७औं वार्षिकोत्सव मानव सेवा आश्रममा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १७औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनासहित बुधबार भव्यताका साथ मनाएको छ ।

काठमाडौं मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलमा शाखा सञ्चालन गरिरहेको यो फेसियल हाउस १७ वर्ष अघि क्रिसमसकै दिन स्थापना भएको थियो ।

वार्षिकोत्सवको अवसरमा रश्मिलाज फेसियल हाउसले काठमाडौंको गोंगबु आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना जेष्ठ नागरिक र बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएको छ । साथै, केक काटेर शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरूलाई आर्थिक सहयोग समेत गरिएको थियो ।

बुधबार नै सामाखुसीको बिजी बैंक्वेटमा आयोजित वार्षिकोत्सव कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथि र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठ विशेष अतिथि रहेका थिए । कार्यक्रममा फेसियल हाउसका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख अतिथि डीसीले उद्घाटन मन्तव्यमा नेपालको सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउसले आफ्नो छुट्टै पहिचान बनाएको र गुणस्तरीय सेवाका कारण सबैको रोजाइमा परेको बताए ।

फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले तीनवटा शाखामार्फत ६५ जनालाई नियमित रोजगारी दिइरहेको जानकारी दिए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सौन्दर्य सेवा, ब्युटिसियन तालिम र सौन्दर्य सामग्री उत्पादनसमेत सुरु गरेको बताइन् ।

कार्यक्रममा लामो समयदेखि योगदान पुर्‍याएका प्रोफेसनल ब्युटिसियनहरू नूतन गिरी र चन्दा घिसिङलाई विशेष सम्मान गरिएको थियो । साथै, फेसियल हाउसको लामो समयदेखि फोटोग्राफी गर्दै आएका फोटो पत्रकार बद्री थापालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।

यसैगरी, हाउसको विभिन्न शाखाका व्यवस्थापक, हेयर डिजाइनर, मेकअप आर्टिस्ट र ब्युटिसियनहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

रश्मिलाज फेसियल हाउसले स्थापनाकालदेखि नै महिला तथा पुरुष ग्राहकहरूका लागि फेसियल, स्किन मेन्टेनेन्स, हाइड्रा फेसियल, हाइफो फेसियल, नेल आर्ट, रिङ्कल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल हेयर कटिङ, हेयर कलर, हेयर नानो प्लास्टिया, हेयर बोटक्स, केराटिन ट्रिटमेन्ट, चायापोतो हटाउने र ट्याटु हटाउने जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।