
काठमाडौं, १० पुस । नेकपा (एमाले) ले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले रावललाई निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै रावललाई संगठित सदस्यबाट हटाइएको उनले बताए।
“कमरेड भीम रावलले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने किसिमले अभिव्यक्ति दिंदै आएको हुनाले उहाँलाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ,” ज्ञवालीले भने।
एमालेको गत महाधिवेशनमा रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा उनी पराजित भएका थिए भने केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका थिए।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया