२८ जेष्ठ २०८३, बिहिबार

एमएडब्लू वृद्धिले भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्शियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।

एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धि कमर्शियलका सीईओ तुषार गुप्तालगायतको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो ।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्नेछ । ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो ।

भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको समर्पणलाई पनि सुदृढ बनाएको छ ।