२४ जेष्ठ २०८३, आइतबार

एमालेले राम्रो गर्छ भन्ने भयले मान्छेहरु लागेका छन् : भानुभक्त ढकाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले एमालेले राम्रो काम गर्छ भन्ने भयले मान्छेहरु विरोधमा लागेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले समाजको ३७ औं स्थापना दिवस एवं सम्मान समारोहको अवसरमा मंगलबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा बोल्दै ढकालले एमालेलाई जनताले पहिलो पार्टीको रुपमा रुचाएको बताएका हुन् ।

कार्यक्रमको अवसरमा मुक्ति समाज कोशी प्रदेश कमिटीले नवराज शंकर स्मृति युवा सम्मानबाट खोटाङका अनेरास्ववियुका अध्यक्ष एवं समाजका पूर्वसचिव बिष्णु उपरकोटीलाई सम्मानित गरिएको थियो ।

समाजका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा आयोजित ३७ औं स्थापना दिवस एवं सम्मान समारोहमा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुक्ति समाजका इन्चार्ज जीतु गौतम, एमाले मोरङका अध्यक्ष बाबुराम कार्की लगायत एमाले नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले जातीय असमानता र विभेदको अन्त्य गर्दै दलित समुदायलाई राष्ट्रको हिस्सेदार बनाउने अभियानमा एमालेलाई केन्द्रीत गर्ने बताएका थिए । उनीहरुले एमालेकै नीतिका कारण मुलुकभर सात हजार बढी दलित महिलाहरुले स्थानीय तहमा निर्वाचित हुन सफल भएको धारणा राखे ।

मुक्ति समाज २०३५ सालमा गोल्छे सार्कीको नेतृत्वमा स्थापना भएको एमालेको जनसंगठन हो ।