
काठमाडौं, ९ पुस । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।
१.१ न्यू इयर मेगा सेल, १० पुस २०८१ देखि २१ पुस २०८१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रुपैयाँ बराबरको भाउचरहरूसमेत उपलब्ध गराउने बताएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४,००० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।
गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगा सेल उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।
मेगा सेल केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज्अन्तर्गत ६९९ रुपैयाँ, ९९९, र १,९९९ रुपैयाँ भित्रको विशेष अफरहरूको मज्जासमेत लिन सक्नेछन् ।
दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन्:
- ११ पुस (बिहीबार): एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० रुपैयाँसम्म) को लाभ उठाउन सक्नेछन् ।
- १२ पुस (शुक्रबार): एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म) को लाभ उठाउन सक्नेछन् ।
- १३ पुस (शनिबार): हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट ( ५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (५०० रुपैयाँसम्म)को लाभ उठाउन सक्नेछन् ।
वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ ।
दराज १.१ न्यू इयर मेगा सेलबारे थप जानकारीका लागि दराज नेपालको फेसबुक पेज हेर्नुहोस् वा दराज एप ब्राउज गर्नुहोस् ।









प्रतिक्रिया