
काठमाडौं, ९ पुस । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो !’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा एक वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ । यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा तीन महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ ।
यस अभियानको अवधि पुस २९, २०८१ सम्म हुनेछ । लक्की ड्रामार्फत विजेताहरूको चयन गरिनेछ र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।
यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया