२२ जेष्ठ २०८३, शुक्रबार

नेकपा एस गण्डकी प्रदेश अधिवेशन पोखरामा हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।