२१ जेष्ठ २०८३, बिहिबार

मुलुकको व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन हुँदैन : कमल थापा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन हुनै नसक्ने दाबी गरेका छन् । थापाले मुलुकको व्यवस्था परिवर्तन गर्नुपर्ने समय आएकोसमेत जिकिर गरे ।

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएको आरोप लगाउँदै यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको बताए । थापाले देश बचाउन र बनाउन आन्दोलको विकल्प नभएकोसमेत दाबी गरे ।

मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसँग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले विदेशीले बोकाइदिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्नेसमेत बताए । सबै हिन्दुवादी , प्रजातन्त्रवादी , राष्ट्रवादी र राजावादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो ।

पार्टीको काठमाडौं-८ क्षेत्रीय समितिद्वारा नरदेवीमा आयोजित पार्टी प्रवेश तथा सक्रिय सदस्यता वितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशव श्रेष्ठ, यवती कार्की, प्रदीप कार्कीलगायतले बोलेका थिए ।