३१ जेष्ठ २०८३, आइतबार

निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा पार्टी जनता बाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शुन्य नै आउने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने की नसक्ने सवाल नै ठूलो छ । यो भन्दाखेरी मान्छेहरुलाई सत्य कुरा सुन्दा तितो नै लाग्छ । तर यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरु अगाडि बढ्न सक्दैनौँ । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शून्य नै आउँछ ।’ साथै, उनले पार्टीको हरेक गतिविधिहरुमा क्रियाशिल सदस्यहरुलाई समावेश गरिनुपर्ने बताए । उनले क्रियाशिल सदस्यहहरुलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा विर्सन नहुने बताए ।