६ असार २०८३, शनिबार

आइएमई पे ‘डिजिटल सर्भिसेज आइसिटी पुरस्कार २०२४’बाट सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ आइसिटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटी अवार्ड कार्यक्रममा आइएमई पे ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४’ बाट सम्मानित भएको हो । आइसिटी अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ ।

आफ्नो नवीन र प्रयोगकर्तामैत्री प्लेटफर्ममार्फत आइएमई पेले डिजिटल भुक्तानीलगायतका विभिन्न वित्तीय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ । यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ ।

‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम , समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो,’ आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउँछ । आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ ।