१ श्रावण २०८३, शुक्रबार

सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका पुत्र दिपेशविरूद्व पनि मुद्दा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरूद्व पनि मुद्दा दायर भएको छ ।

दिपेशविरुद्ध रवि लामिछानेसँगै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।

उनी सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा धरौटीमा रिहा भएका थिए । त्यसयता उनी फरार छन् ।