
काठमाडौं, ७ पुस । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजनका लागि मुख्य प्रायोजन गर्ने भएको छ ।
आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन-६ का लागि प्रायोजन गर्नेगरी सम्झौता भएको युनिलिभर नेपालले जनाएको हो । नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको बताइएको छ ।
भ्वाइस अफ नेपालले आफ्नो सुरुवात कालनै नयाँ र फ्रेस गायक-गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउँदै आइरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगितासमेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।
युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जित भन्छन्, ‘क्लोजअप सधै आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’
भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भनेका छन्, ‘यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ । यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्नेछ ।’








प्रतिक्रिया