
काठमाडौं, ७ पुस । हङकङबाट नेपाल आएका एकजना यात्रुको मृत्यु भएको छ ।
नेपाल एयरलाइन्सबाट हिजो काठमाडौं आएका उनी जहाजमै बेहोस भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो। उनलाई विमानस्थलबाट केएमसी अस्पताल भर्ना गरिएकोमा मृत्यु भएको हो ।
उनको उमेर ५३/५४ वर्ष भएको बताइएको छ ।








प्रतिक्रिया