३ असार २०८३, बुधबार

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार, आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन् । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।