
सुनसरी, ६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताएका छन् । आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उनले बताए । उनले भने,‘जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ ।’








प्रतिक्रिया