
तेह्रथुम, ६ पुस । टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलामा खसेर शिक्षका र विद्यार्थीको मृत्यु भएको छ ।
स्थानीय गौखुरी माविमा कार्यरत नर्स शिक्षका विराटनगर निवासी रविना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया