९ असार २०८३, मंगलबार

बाजुरामा भूकम्पबाट १६ घरमा क्षति (अपडेट)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ पुस । बाजुरामा आज बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ ।

जगनाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर गएको ५.२ रेक्टर स्केलको भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको हो । भूकम्पबाट १६ घर चर्किएका छन् ।

गत वर्ष १० माघमा बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टर स्केलको भूकम्पमा चर्किएका घर तथा भवनमा आज थप क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।

गत वैशाखमा पनि बाजुरामा भूकम्प गएको थियो । पटक-पटकको भूकम्पबाट चर्किएका घरहरुमा आज थप क्षति भएको बताइएको छ ।