९ असार २०८३, मंगलबार

कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ : शेखर कोइराला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार छु ।’

सम्बोधनका क्रममा उनले भने, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन् । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’ उनले कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए ।

पार्टीमा एकता नभएको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरुले पहल गर्नुपर्ने बताए । उनले अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको र विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकाले आफू चिन्तित रहेको बताए । आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने उनको भनाइ थियो ।