५ असार २०८३, शुक्रबार

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्ने व्यक्ति भएको बताएका छन् ।

शनिबार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारमा आएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए । उनले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र एकजुट हुनुपर्ने बताए । उनले परस्परमा घृणा नभई विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले ध्यान र योगले भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताए । ध्यान दिवसलाई औपचारिक दिवसको रूपमा नभई जीवन पद्धतिको रूपमा अपनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।