२८ जेष्ठ २०८३, बिहिबार

बाराको जीतपुरमा कारभित्र एक शव फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ मा एक कारमा शव फेला परेको छ ।

बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा एक पुरुषको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन ।

अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।